Rule 17
योग्यताक्रम मान्य रहने अवधि
(१) नियम १६ बमोजिम प्रकाशन गरेको योग्यताक्रम छात्रवृत्ति उपलब्ध गराउने विश्वविद्यालय वा शैक्षिक संस्थाको एक शैक्षिक सत्रका लागि मान्य हुनेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी सरकार, निकाय वा शैक्षिक संस्थाबाट प्राप्त छात्रवृत्तिको हकमा नियम १४ को उपनियम (२) बमोजिमको परीक्षाको योग्यताक्रम नतिजा प्रकाशन भएको मितिले एक वर्षसम्म मान्य रहनेछ ।
(३) यस नियमावलीमा अन्यत्र जुनसुकै करा लेखिएको भए तापनि शिक्षा मन्त्रालयबाट सम्वत् २०७१ सालमा सञ्चालन गरिएको परीक्षाबाट तयार भएको योग्यताक्रम नतिजा प्रकाशन भएको मितिले एक वर्षसम्म मान्य रहनेछ ।
तर त्यस्तो योग्यताक्रमको सूची कुनै शिक्षण संस्थाको एक शैक्षिक सत्रभन्दा बढी अवधिको लागि मान्य रहने छैन ।